नेपाल: दिगो विकास लक्ष्य

प्रकृतिसँग मानवसहित सिंगो प्राणी जगत्लाई आवश्यक प्राकृतिक श्रोतसाधन उपलब्ध गराई जैविक चक्रको निरन्तरता दिने क्षमता हुन्छ । प्रकृतिको यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताका लागि समेत विकासका प्रतिफलहरुको निरन्तर लाभ दिलाउने विकास प्रक्रिया नै दिगो विकास हो । सुरुआतमा वातावरणसँग जोडिएको दिगो विकासको अवधारणालाई हाल आएर आर्थिक तथा सामाजिक विकास र वातावरण संरक्षणसँग जोडेर हेरिन्छ ।

२५ सेप्टेम्बर २०१५ मा संयुक्त राष्ट्रसंघको ७० औं महासभाले विश्वभरी लागू हुने गरी तयार गरेको विकास ढाँचालाई दिगो विकास लक्ष्य भनिन्छ । यो लक्ष्य मानव, पृथ्वी र सम्बृद्धिको लागि कार्यमूलक योजना हो । दिगो विकास लक्ष्यलाई एकाइसौ शताब्दीमा मानवजाति र पृथ्वीको लागि विश्वव्यापी सम्झौता र घोषणाका रुपमा लिइन्छ । यो घोषणाका १७ मुख्य विषयगत लक्ष्य र १६९ निर्दिष्ट लक्ष्यहरु र सूचकहरु रहेका छन् ।

संयुक्त राष्ट्रसंघले प्रतिपादन गरेको यो घोषणालाई १९३ देशका सरकार प्रमुख वा प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । जनवरी १, २०१६ देखि लागू भएको यस दस्तावेजमा प्रस्तावना, घोषणापत्र, लक्ष्य तथा निर्दिष्ट लक्ष्यहरु, कार्यान्वयनको श्रोत साधनहरु र विश्व साझेदारी, अनुगमन र समीक्षा गरी मुख्य पाँचओटा विषयवस्तुहरु समावेश गरिएको छ । त्यसैगरी यसले पाँचओटा महत्वका क्षेत्रहरुः मानिस, पृथ्वी, सम्बृद्धि, शान्ति, र साझेदारीलाई समेत पहिचान गरेको छ ।  

दिगो विकास लक्ष्य तथा निर्दिष्ट लक्ष्यहरु चाहे विकसित मुलुक होस् वा विकासशील सबैमा मुलुकहरुमा लागू हुन्छ । यो लक्ष्यमा मानवअधिकार र त्यसका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुलाई महत्वका साथ स्थान दिइएको छ ।

मुख्य तथा निदृष्ट लक्ष्यहरु

दिगो विकास लक्ष्यमा १७ ओटा लक्ष्यहरु समावेश गरिएका छन् । प्रत्येक लक्ष्य हासिल गर्नको लागि निश्चित योजनाहरु समावेश गरिएका छन्, जसलाई निर्दिष्ट लक्ष्य भनिन्छ । त्यस्तै दिगो विकास लक्ष्य तथा निर्दिष्ट लक्ष्यहरु हासिल हुन सके वा सकेनन् भनी मूल्याङ्कन गर्नका लागि सूचकहरु तय गरिएका छन् । प्रत्येक निर्दिष्ट लक्ष्यका एक वा सो भन्दा बढी सूचकहरु निर्धारण गरिएको छ । दिगो विकास लक्ष्यले सबै लक्ष्यहरु र निर्दिष्ट लक्ष्यहरु एकीकृत र अन्तर्सम्बन्धित रहेका छन् । यहाँ दिगो विकास लक्ष १, २ र १६ सँगसम्बन्धित लाक्ष्य र त्यसका निदृष्ट लक्ष्यहरुबारेमात्र विस्तृत छलफल गरिनेछ ।

तालिका १: दिगो विकास लक्ष्य (१,२ र १६) तथा निर्दिष्ट लक्ष्यहरु

लक्ष्यहरु निर्दिष्ट लक्ष्यहरु
लक्ष्य १:      सबै ठाउँबाट सबै किसिमका गरिबीको अन्त्य गर्ने । १.१. सन् २०३० सम्ममा चरम गरिबीको सबैतिर उन्मूलन गर्ने (जसमा हालको मापनअनुसार दिनको १.२५ डलरभन्दा कममा बाँच्नेहरु पर्छन्) 

१.२. राष्ट्रिय परिभाषा अनुसार सन् २०३० सम्ममा गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष, महिला तथा सबै उमेरका बालबालिकाहरुको संख्या कम्तिमा आधाले घटाउने ।

१.३. सबैका लागि उपयुक्त राष्ट्रिय सामाजिक सुरक्षा प्रणाली तथा उपायहरु लागू गर्ने र २०३० सम्ममा गरिब र कमजोरहरुलाई त्यसमा समेट्ने ।

१.४.  २०३० सम्ममा आर्थिक स्रोतहरूमाथि सबै पुरुष तथा महिला (विशेष गरी गरिब तथा कमजोर व्यक्तिहरुको) बराबर अधिकार सुनिश्चित गर्नु साथै आधारभूत सेवामा पहूँच तथा भूमि र अन्य प्रकारका सम्पत्ति, उत्तराधिकार, प्राकृतिक स्रोतहरू, उपयुक्त नयाँ प्रविधि र वित्तीय सेवा र लघु वित्तमाथि स्वामित्व तथा नियन्त्रण सुनिश्चित गर्ने ।

१.५. २०३० सम्ममा गरिबहरु तथा कमजोर अवस्थामा रहेकाहरुलाई सक्षम बनाउने र जलवायुसम्बन्धी गम्भीर घटनाहरु तथा अन्य आर्थिक सामाजिक र पर्यावरणीय विपद् र प्रकोपहरुप्रति उनीहरुको संकटासन्नता तथा जोखिम कम गर्ने ।

१. क. विकासशील देशहरु अझ खासगरी सबभन्दा विकासशील देशहरुमा गरिबी र यसका सबै आयामहरुको अन्त्य गर्न कार्यक्रम र नीतिहरु लागू गर्न पर्याप्त स्रोत तथा साधन प्रदान गर्नका लागि विभिन्न साधनस्रोतहरुको परिचालन तथा उन्नत विकास सहयोग सुनिश्चित गर्ने ।

१. ख. गरिबी उन्मूलन गर्ने कार्यहरुमा बढी लगानी जुटाउन गरिबमुखी र लैङ्गिक संवेदनशील विकास रणनीतिमा आधारित राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरिय नीतिको रुपरेखा बनाउने ।

लक्ष्य २: भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषिको प्रवद्र्धन गर्ने, भोकमरीको अन्त्य, खाद्य सुरक्षा एवम् सुधारसहितको पोषण हासिल र दिगो कृषि प्रवद्र्धन गर्ने । २.१. २०३० सम्ममा भोकमरीको अन्त्य गर्ने तथा सबै मानिसहरू, खासगरी नवजात शिशुलगायत गरिबी र कमजोर अवस्थामा रहेका व्यक्तिहरुलाई वर्षभरि नै सुरक्षित पौष्टिक र पर्याप्त खानाको पहूँच सुनिश्चित गर्ने ।

२.२.  २०३० सम्ममा सबैखाले कुपोषणको अन्त्य गर्ने र २०२५ सम्ममा ५ वर्ष मुनिका बच्चाहरुमा हुने वृद्धि रोकिने र दुब्लो पातलो हुने जस्ता रोगसम्बन्धी अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्ने । किशोर बालिका, गर्भवती र दूध आउने महिला तथा वृद्ध व्यक्तिहरुको पोषणसम्बन्धी आवश्यकता पहिचान गर्ने ।

२.३. २०३० सम्ममा कृषि उत्पादकत्व तथा साना खाद्यान्न उत्पादकहरु, खासगरी महिला, जनजाति, किसान परिवार, मछुवा, गाईवस्तु पालक किसानको आय दोब्बर गर्ने, अन्य उत्पादनका साधनहरु, ज्ञान, वित्तीय सेवा, बजार र अवसरमार्फत्् गैर कृषि रोजगारीका लागि भूमि माथिको सुरक्षित र समान पहूँच कायम गर्ने ।

२.४.  २०३० सम्ममा दिगो खाद्य उत्पादन प्रणाली सुनिश्चित गर्ने र उत्पादकत्व वृद्धि गर्ने । पर्याप्रणाली कायम राख्न मद्दत गर्ने, जलवायु परिवर्तन, चरम मौसमी घटना, खडेरी, बाढी र अन्य प्रकोपको सामना गर्नका लागि क्षमता बढाउने र बिस्तारै भूमि र माटो गुणस्तर सुधार गर्ने लचिला कृषि अभ्यासहरू लागू गर्ने ।

२.५. २०२० सम्ममा बीऊ, उन्नत बिरुवाहरु तथा पशुपालन, घरपालुवा जनावरहरु र तिनीहरुका सम्बन्धित जंगली प्रजातिहरुको बीऊ तथा बीऊ बैंकद्वारा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यवस्थित आनुवंशिक विविधता कायम राख्ने । अन्तर्राष्ट्रिय सहमतिअनुसार परम्परागत ज्ञानबाट निर्मित आनुवंशिक स्रोतको उपयोग र सम्बद्ध पक्षको लाभका साथै निष्पक्ष र समान साझेदारी र पहूँच प्रवद्र्धन गर्ने ।

२. क. विकासशील देशहरु मुख्यतः विकासशील देशहरुमा कृषि उत्पादक क्षमता बढाउन, ग्रामीण पूर्वाधार, कृषि अनुसन्धान र सेवा विस्तार, प्रविधि विकास, बिरुवा तथा पशुधनसम्बन्धी सुविधासम्पन्न जीन बैंकका लागि अन्तर्राष्ट्रिय सहयोगमार्फत्् लगानी वृद्धि गर्ने ।

२. ख. दोहा विकास सम्मेलनको म्यान्डेटअनुसार सबै प्रकारका कृषि निर्यात अनुदान, विश्व कृषि बजारमा व्यापार प्रतिबन्धहरुको अन्त्य तथा सबै निर्यात उपायको समान व्यवस्था गर्ने ।

२. ग. चरम खाद्यान्न मूल्य अस्थिरतालाई कम गर्न खाद्यवस्तुको बजार र तिनको उचित परिचालन र खाद्यान्नको बचत तथा बजारको पहूँचका लागि विभिन्न उपायहरु अपनाउने ।

लक्ष्य १६:     दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धन गर्ने, सबैको न्यायमा पहूँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने ।  

 

१६.१ सबैतिर सबै प्रकारको हिंसासँग सम्बन्धित मृत्यु दर कम गर्ने ।

१६.२ दुरुपयोग, शोषण, तस्करी र सबै प्रकारका हिंसा तथा बालबालिका माथिको यातनाको अन्त्य गर्ने ।

१६.३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कानुनी शासनको प्रवद्र्धन गर्ने र सबैलाई न्यायमा बराबर पहूँच सुनिश्चित गर्ने ।

१६.४ २०३० सम्ममा अवैध आर्थिक कारोबार र हतियार ओसारपसारलाई पर्याप्त रुपमा कम गर्ने । चोरीको सम्पत्तिको फिर्ता गर्ने कार्यलाई जोड दिने तथा सबै खाले संगठित अपराधको अन्त्य गर्ने ।

१६.५ सबै खाले भ्रष्टाचार र घुसखोरीमा उल्लेख्य कमी ल्याउने ।

१६.६ सबै तहमा प्रभावकारी जवाफदेही र पारदर्शी संस्थाहरू स्थापना गर्ने ।

१६.७ सबै तहमा उत्तरदायी, समावेशी, सहभागितामुलक प्रतिनिधित्व र निर्णय क्षमता सुनिश्चित गर्ने ।

१६.८ विश्वका प्रशासनिक संस्थाहरूमा विकासशील देशहरुको सहभागिता विस्तार र बलियो बनाउने ।

१६.९ २०३० सम्ममा जन्म दर्तालगायत सबैका लागि कानुनी पहिचान प्रदान गर्ने ।

१६.१० राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्झौताहरू अनुसार सुचनामा सार्वजनिक पहूँच र मौलिक स्वतन्त्रताको रक्षा सुनिश्चित गर्ने ।

१६. क. सबै तहमा अन्तर्राष्ट्रिय सहयोगको साथ सान्दर्भिक राष्ट्रिय संस्थाको क्षमता वृद्धिका लागि खासगरी विकासशील देशहरुमा हिंसा रोक्ने, आतंकवाद र अपराध विरुद्ध लड्ने र यसलाई बलियो बनाउने ।

१६. ख. दिगो विकासको लागि गैरविभेदकारी नियम तथा नीतिको प्रवद्र्धन तथा लागू गर्ने ।

    कार्यान्वयनको लागि श्रोत साधनहरुः विकास प्रक्रियाको लागि साझेदारी विकास महत्वपूर्ण हुन्छ । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि आवश्यक मात्रामा पैसाको उपलब्धता, ज्ञान, विशेषज्ञता, क्षमता विकास र उपयुक्त प्रविधि तथा नवीन विचारहरुलाइ महत्वपूर्ण श्रोतका रुपमा लिइएको छ । देशभित्रै उपलब्ध हुने पैसाबाहेक वैदेशिक सहयोग पनि महत्वपूर्ण साधन हो । ब्यपारलाई अर्थतन्त्रको विकास लागि महत्वपूर्ण मानिन्छ । तर, आफ्नो देशको सामाजिक आर्थिक विकासको लागि सम्बन्धित देश नै मुख्य रुपमा जिम्मेवार हुनु आवश्यक छ । विकासका लागि उपयुक्त नीति, नियम, योजना, रणनीति र कार्यक्रमहरुको आवश्यकता पर्दछ । यसका लागि साझा सोचाइ, प्रतिवद्धता, असल एवं कुशल नेतृत्व, सीपयुक्त जनशक्ति आवश्यक पर्दछ । यसका साथै योजनाहरुको कार्यान्वयन गर्ने क्षमता, त्यसका लागि आवश्यक उपयुक्त वातावरण निर्माण र प्रविधिको आवश्यकता हुन्छ ।

विकास साझेदारीः विकास एउटा निकायको प्रयासबाट मात्रै हुने कुरा होइन । दिगो विकास लक्ष्यले प्रभावकारी विश्व साझेदारीलाई मुख्य श्रोत मानेको छ । विकास साझेदारीमा सरकार, निजी क्षेत्र, नागरिक समाज, संयुक्त राष्ट्र संघीय प्रणाली र आर्थिक सहयोग गर्ने संस्थाहरुले आफ्ना श्रोत साधनहरु जति सक्दो बढी परिचालन गर्नु पर्ने हुन्छ । यसबाहेक संसद र स्थानीय सरकारहरुको भूमिका पनि निकै महत्वपूर्ण मानिएको छ । तसर्थ, विकासको लागि वहुपक्षीय संग्लग्तता र साझेदारी महत्वपूर्ण मानिन्छ ।

दिगो विकास लक्ष्यको स्थानीयकरणः दिगो विकास लक्ष्यको स्थानीयकरण भनेको विश्वव्यापी सन्दर्भमा तय भएका दिगो विकास लक्ष्य अन्तर्गत परिमाणात्मक लक्ष्य र सूचकहरूलाई स्थानीय स्रोत र साधनअनुसार उपयुक्त ढङ्गबाट परिमार्जन गर्दै स्थानीय योजना बनाउँदा तिनीहरूको मूलप्रवाहीकरण गर्नु हो ।

नेपाल सङ्घीय संरचनामा प्रवेश गरिसकेको सन्दर्भमा संघीय संरचना अन्तर्गत राजनीतिक, सामाजिक, सांस्कृतिक र वातावरणीय सन्तुलन कायम गराउँदै दिगो विकासका लक्ष्यहरू हासिल गर्ने अपनाइने मौलिक प्रयासहरुनै दिगो विकास लक्ष्यको स्थानीयकरणका औजारहरू हुन् । यसका लागि नागरिकको जीवनस्तर माथि उकास्ने खालका वास्तविक कार्यनीतिहरू र तिनीहरूको सहज र सबल कार्यान्वयनका लागि दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण अत्यन्तै जरुरी हुन्छ ।

दिगोविकास लक्ष्य १६ प्लसः संयुक्त राष्ट्रसङ्घीय विश्व महासङ्घ मञ्च (वल्र्ड फेडेरेसन अफ युनाईटेड नेसन्स एसोसियसन्सडब्लूएफयूएनए)ले सन् २०१६ को अप्रिल २० मा लक्ष्य १६ सँग अन्तरसम्बन्धित अन्य लक्ष्यहरूलाई परिपूरक लक्ष्यका रुपमा मूलप्रवाहीकरण गर्ने क्रममा दिगो विकास लक्ष्य १६ प्लसको अवधारण अघि सारिएको हो । दिगो विकास लक्ष्य १६ प्लस अन्तर्गत निम्न लक्ष्यहरूलाई समेटिएको पाइन्छ ।

लक्ष्य ४:     समावेशी, न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्द्धन गर्ने ।

लक्ष्य ५:     लैङ्गिक समानता हासिलगर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने ।

लक्ष्य ८:     भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमुलक रोजगारी र मर्यादित कामको प्रवद्र्धन गर्ने ।

लक्ष्य १०:     मुलुकभित्र तथा मुलुकहरुबीचको असमानता घटाउने ।

लक्ष्य १७:     दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने ।

दिगो विकास लक्ष्य अन्तर्गत विशेषगरी लक्ष्य १६ सँग प्रत्यक्ष रूपमा जोडिएका लक्ष्यहरू ४, , , १३, १६ र १७ मा काम गर्ने सङ्घ संस्थाहरू यस साझा मञ्चमा आबद्ध रहेका छन् । शान्ति, न्याय र समावेशीकरण नभई कुनै पनि अन्य लक्ष्यहरू हासिल गर्न सकिँदैन भन्ने उद्देश्य, भावना र मर्म अनुसार विश्वमा दिगो विकास लक्ष्य १६ प्लसको अवधारणा ल्याइएको हो ।

दिगो विकास लक्ष्यको कार्यान्वयनः दिगो विकास लक्ष्य कार्यान्वयनको प्रारम्भ सम्बन्धित देशको सरकारले त्यसलाई आफ्नो लक्ष्यको रुपमा स्वीकार गर्ने कार्यबाट हुन्छ । यस अन्तरगत राष्ट्रिय नीति, योजना र प्रणालीमा दिगो विकास लक्ष्यलाई समायोजन गर्नु पर्दछ । दोश्रो चरणमा कार्यान्वयन प्रक्रियालाई कसरी सरल बनाउने भन्नेसँग सम्बन्धित हुन्छ । यसमा सरकारलाई आवश्यक सहयोगको आवश्यक पर्न सक्छ । राष्ट्रिय योजना र दिगो विकास लक्ष्य तथा निर्दिष्ट लक्ष्यहरुलाई एक अर्कामा समन्वय गर्ने काम महत्वपूर्ण हुन्छ । यस पछि दिगो विकास प्रक्रियामा सहयोग पु¥याउने संस्थाहरुको पहिचान गर्ने र उनीहरुबीच साझेदारीको विकास गर्नु पर्छ । दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने प्राथमिक दायित्व सरकारकै हो । लक्ष्य कार्यान्वयनको लागि सरकारले आवश्यक श्रोत साधनको व्यवस्था गर्नुपर्छ भने त्यसका लागि आवश्यक तथ्यांकहरु संकलन गर्ने काम पनि सँगसँगै लैजानु पर्छ।  यससँगै लक्ष्य कार्यान्वयनका लागि उपयुक्त जवाफदेही प्रणालीको विकास गर्नुपर्छ ।

Document Type : Article
Document ID : AHRC-ART-016-2020
Countries : Nepal,
Issues : Administration of justice, Civil and Political Rights, Democracy,